मंसिर ३,हेटौंडा। आज सोमवार सरकारले सार्वजनिक बिदा दिने घोषणा गर्यो। बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरिषद बैठकले अचानक सार्वजनिक बिदा दिने निर्णय समाचारमा आएपछी कार्यालय पुगिसकेका र जाने तर्खर गरिरहेकाहरु अक्क न बक्क परे।
अब दिनभरी के गर्ने त? झट्ट आईडिया पनि फुरि हाल्यो `फिल्म´हेर्न जाने। फुर्सदिला बनेका अधिकांस कर्मचारीहरुले आज देशैभरका सिनेमा घरहरु भरिएको हलवालाहरुले सार्वजनिक गरे। विभिन्न संचारमाध्यमहरुमा पनि यो सम्बन्धि समाचार आयो।
यसै सन्दर्भमा पङ्तिकार पनि हेटौंडाको नारायणी मलस्थित एनएस सिनेमा घरमा आजको अवस्था बुझ्न जाँदा अवस्था समाचारमा आएकै जस्तो भेट्यो।
एनएसका कर्मचारीहरुले आज अरु दिनको तुलनामा दर्शकको चाप बढेको बताए। उनिहरुका अनुसार एनएसमा रहेका २ वटा हलमा बिहान १२ बजेदेखी ९ बजेसम्मको ३ शो मा नै दर्शकको भीड लागेको छ।
आडियो १ मा नेपाली चलचित्र पूर्णबहादुरको सारङ्गी र अडियो २ मा ह्रस्व दीर्घ चलिरहेको छ।
दुई चलचित्र मध्ये आजको बिदाले ह्रस्व दीर्घलाई बढी फाईदा भएको कर्मचारीहरुको भनाई छ।
“सारङ्गीमा त रिलिज भएको दिनदेखी नै दर्शकको चाप छ, तर आज ह्रस्व दीर्घ हेर्नेहरु बढी छन।” उनिहरुले भने।
पूर्व सभामुख दमननाथ ढुंगानाको निधनमा शोक मनाउन सरकारले आज बिहान सार्वजनिक बिदा दिने घोषणा गरेको हो।
ढुंगानाको हिजो आईतवार काठमाडौस्थित एक अस्पतालमा उपचारको क्रममा निधन भएको थियो।उनको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ।



