पुस १,हेटौंडा। मकवानपुरमा तातो पानीले पोलेर एक नाबालिका घाईते भएकी छिन्।

वागमती गाउँपालिक-६ कायर घर भएका सुरेश हिमडुङ्की ३ वर्षिया छोरी सुकृषा हिमडुङ तातो पानीले पोलेर घाईते भएकी हुन्।

मकवानपुर प्रहरीका अनुसार मंसिर ३० गते दिउँसो १ बजे नाबालिका आफ्नै घरमा खेल्ने क्रममा तताएको पानीको भाडामा ठोक्किन गई छचल्किएको तातो पानी शरिरमा परेको थियो।

घाईते नाबालिकाको कान्तिबाल अस्पताल काठमाण्डौमा उपचार भैरहेको छ। उनको स्वास्थ्य अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय