पुस २,हेटौंडा। मकवानपुरमा लुटपिट मुद्दाका फरार प्रतिवादी ३३ वर्षपछी पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको थाहा नगरपालिका-६ का ६४ वर्षिय भवनाथ अर्याल छन्।
उनलाई खोजतलासको क्रममा मंगलवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिएका छन्।
डिएसपी अर्यालका अनुसार भवनाथलाई जिल्ला अदालत मकवानपुरले लुटपिट मुद्दामा दोषी ठहर गरी २०४८ साल माघ ६ गते १५ सय ७५ रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो।
फैसलापछी फरार रहेका उनलाई पक्राउ गरी आवश्यक कार्वाहीका लागी मकवानपुर जिल्ला अदालत हेटौडामा बुझाईएको डिएसपी अर्यालले बताए।



