पुस १३,निजगढ। बाराको निजगढ नगरपालिका-९ मा संचालित सरल बहुउद्देश्यीय सहकारी संस्था लि.को तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ। शनिवार निजगढ-४ स्थित पर्यटकीय स्थल मोहोरिपार्कमा साधारणसभा सम्पन्न भएको हो।

संस्थाका अध्यक्ष गोरखबहादुर खड्काको अध्यक्षता एवं वडा नम्बर ३ का अध्यक्ष गोकुलप्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभामा विभिन्न संस्थाका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिति थियो।

सभामा अध्यक्ष,कोषाध्यक्ष र लेखा संयोजकले आ-आफ्ना प्रतिवेदन पेश गरेका थिए ।

कार्यक्रममा संस्थापक अध्यक्ष प्रकाशप्रसाद सापकोटा,प्रमुख अतिथी गोकुलप्रसाद तिमल्सिना र अतिथीहरुले शुभकामना मन्तव्य एवं संचालक समिती सदस्य रामहरी वाग्लेले स्वागत मन्तव्य राखेका थिए।

सचिव बविन पौडेलले संचालन गरेको कार्यक्रममा उत्कृष्ट बचतकर्ता र असल ऋणिलाई सम्मान र संस्थाका ३ जना शेयर सदस्यहरुलाई गोलाप्रथाद्वारा पुरस्कृत गरिएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय