पुस १५,निजगढ। बारा प्रहरीले ठूलो परिमाणको लागूऔषध सहित एक युवतीलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रौतहटको कटहरिया नगरपालिका-७ की २१ वर्षिया मुस्कानकुमारी दास छिन्। दास नुर्फिन,फेनारगन र ड्राईजोपाम इन्जेक्सन १२ /१२ सय थानका दरले जम्मा ३ हजार ६ सय थान लागूऔषध सहित पक्राउ परेकी हुन्।
दासलाई प्रहरी चौकी पथलैया बाराबाट खटिएको प्रहरी टोलीले शनिवार राती साँढे ११ बजे पथलैया चोकबाट पक्राउ गरेको बारा प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी दिएका छन्।
डिएसपी सापकोटाका अनुसार दासले रौतहटको गौरबाट काठमाडौतर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ५१५९ नम्बरको यात्रुवाहक बसको डिकिभित्र उक्त परिमाणको लागूऔषध लुकाईछिपाई लाँदै थिईन्।



