पुस १८,हेटौंडा। हेटौंडामा १० किलो २७० ग्राम लागुऔषध गाँजासहित २ जना महिला पक्राउ परेका छन्।

कैलाश गाउँपालिका-५ भैराङ बस्ने ३० वर्षिया अंजली गोले र हेटौंडा-३ बसामाडीकी ५१ वर्षिया ज्ञानुमाया गोले उक्त परिमाणको गाँजासहित पक्राउ परेका मकवानपुर प्रहरीले जनाएको छ।

पक्राउ परेकाहरुबाट बरामद गाँजा।

प्रहरीले उनिहरुलाई विहिवार बिहान ६ बजे हेटौडा-४ स्थित नारायणी मल नजिकै सडकबाट गाँजासहित नियन्त्रणमा लिएको जनाएको हो। पक्राउ परेकाहरुमाथी थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय