पुस २०,निजगढ। तेस्रो मधेश प्रदेश स्तरीय खुला तेक्वान्दो प्रतियोगिताको शुक्रबार उदघाटन भएको छ ।

निजगढ नगरपालिकाको सहयोगमा निजगढ-९ स्थित जनज्योति  तेक्वान्दो डोजाङ्गले प्रतियोगिताको आयोजना गरेको हो ।प्रतियोगिताको निजगढ नगर प्रमुख सुरथ पुरीले उद्घाटन गरेका छन्।

प्रतियोगितामा मधेसको ६ जिल्लाका ९ टिमको सहभागिता रहेको छ।  शुक्रवार उद्घाटन खेलमा विभिन्न ५ डोजाङगका १५ देखि ३५ वर्ष उमेर समूहका खेलाडीहरु बिच प्रतिस्पर्धा भएको थियो।

आज बाँकी ४ टिमका ३५ वर्ष माथी उमेर समूहका खेलाडीबिच प्रतिस्पर्धा हुने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हेमलाल श्रेष्ठले जानकारी दिए।

शुक्रवारको खेलमा आयोजक जनज्योति डोजाङले ३ स्वर्ण, ३ रजत र ३ कास्य प्राप्त गरेको छ।  त्यस्तैगरि प्रिया तेक्वान्दो डोजाङ जनकपुर, नमुना तेक्वान्दो डोजाङ रौतहट र महोत्तरी बर्दिबासको क्रिएटिभ तेक्वान्दो डोजाङले १/ १ स्वर्ण प्राप्त गरेको छ।

पदक विजेता खेलाडीलाई नगर प्रमुख सुरथ पुरी, जिल्ला खेलकुद विकास समिति अध्यक्ष हेमलाल श्रेष्ठ, नेपाल तेक्वान्दो संघ बाराका अध्यक्ष चित्रबहादुर लामा र निजगढ नगरपालिका वडा नम्बर ९ की महिला सदस्य बबिता श्रेष्ठले प्रमाणपत्र वितरण गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय