पुस २१,सिंगौल। बाराको निजगढ नगरपालिका वडा नम्बर २ ले वडाका ज्येष्ठ नागरिकहरुलाई पानी तताउने विद्ध्युतिय जग वितरण गरेको छ।

कार्यालयले आईतवार वडा कार्यालयमा एक कार्यक्रम आयोजना गरि ७६ जना वडाका ज्येष्ठ नागरिकहरुलाई जग वितरण गरिएको वडाध्यक्ष राजन श्रेष्ठले बताए।

वडाध्यक्ष श्रेष्ठले ज्येष्ठ नागरिक सम्मान अन्तर्गत बिनियोजित १ लाख रुपैयाँ रकमबाट जग वितरण गरिएको बताए।

कार्यक्रममा वडा सदस्यहरु धनबहादुर थापा,राधिका राई,विष्णुमाया विक तथा वडासचिव शुभचन्द्र महत्तो र कर्मचारी पूजा पौडेल लगायतको उपस्थिति थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय