पुस २६,निजगढ। बाराको निजगढ नगरपालिका-६ मा संचालित बागदेव दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ।

विहिवार संस्थाका अध्यक्ष थानेश्वर सापकोटा अविरलको अध्यक्षता एवं बारा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य अच्युतप्रसाद मैनालीको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो।

उद्घाटन पछि कार्यक्रमलाई सम्बोधन गर्दै सांसद मैनालीले दुग्ध किसानको समस्या समाधान गर्न समन्वय गर्ने र निकास निकाल्ने प्रतिवद्धता जनाएका छन्।

कार्यक्रममा विशिष्ट अतिथिका रुपमा रहेका निजगढ नगर प्रमुख सुरथ पुरीले बागदेव दुग्ध उत्पादक सहकारी संस्था किसानमा आधारित र किसानप्रति समर्पित संस्था भएको बताए । प्रमुख पुरीले किसानबारे योजना बनाउँदा स्थानीयसँग समन्वय गर्न मधेस दुग्ध विकास बोर्डसँग आग्रह गरेका छन् ।

कार्यक्रममा मधेस प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष डा. शम्भु साह,निजगढ नगरपालिकाकी उपप्रमुख सोममाया थिङ, वडा नं. ६ का वडाअध्यक्ष घनश्याम तिमल्सिना, दुग्ध सहकारी संघ बाराका अध्यक्ष पुरुषोत्तम भट्टराई,निजगढ नगर सहकारी सञ्जालका संयोजक भोलाप्रसाद गौतम,संजालका पूर्व अध्यक्ष अम्बिकाप्रसाद चौलागाई,संस्थाका पूर्व अध्यक्ष थानेश्वर सापकोटा, डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष होमनाथ पण्डित, निजगढ खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष सुदर्शनप्रसाद कोईराला, निजगढ नगर सहकारी तथा योजना शाखा प्रमुख अजयकुमार उप्रेती लगायतले संस्थालाई शुभकामना दिँदै आ-आफ्ना धारणा राखेका थिए।

कार्यक्रममा अध्यक्ष थानेश्वर सापकोटा अविरलले प्रगति प्रतिवेदन,लेखा सुपरीवेक्षण समितिका संयोजक राजन तिमल्सिनाले लेखा प्रतिवेदन तथा व्यवस्थापक शौरभ अधिकारीले आर्थिक प्रतिवेदनसहित आगामी बजेट प्रस्तुत गरेका थिए ।

साधारण सभाको अवसरमा उत्कृष्ट कृषकहरुलाई सम्मान पनि गरिएको थियो । एक वर्षमा २१ हजार नौ सय ४५ लिटर दुग्ध विक्रि गर्ने बकैया ठाकुर पशुपालन फर्म सर्वोकृष्ट भएको छ । त्यस्तै १६ हजार चार सय ४९ लिटर दुग्ध विक्रि गर्ने कैलाश खड्का र १३ हजार ४ सय ३६ लिटर दुग्ध विक्रि गर्ने रामप्रसाद हुमागाई सम्मानित भएका छन् । उनीहरुलाई नगर प्रमुख पुरीले नगद र सम्मान–पत्रले सम्मान गरे।

त्यस्तै पूर्व कर्मचारी सम्मानबाट पूर्व लेखापाल गोविन्दप्रसाद गौतम, पूर्व सहलेखापाल शर्मिला अधिकारी, पूजा भट्टराई र कार्यालय सहयोगी विष्णुप्रसाद भट्टराईलाई पनि सम्मान प्रदान गरिएको थियो।

त्यस्तै पूर्व सञ्चालक पूर्व उपाध्यक्ष अर्जुन घिमिरे, कोषाध्यक्ष मोहन सापकोटा र सदस्यहरु पुरुषोत्तम भट्टराई, नेत्रप्रसाद गौतम, शेषप्रसाद गौतम, नविन चौलागाई, यतिन्द्र तिमल्सिना, प्रेममाया सापकोटा, गोमा घताने, पूर्व लेखा समिति संयोजक रामकृष्ण सिग्देल, लेखा सदस्य योगमाया अधिकारीलाई पनि सम्मान गरिएको थियो।

त्यसैगरी कुशल व्यवसाय परामर्श तथा तालिम केन्द्रका कार्यकारी निर्देशक सरोज कोईराला, युके टेन्टका सञ्चालक प्रकाश तिमिल्सिना र सरोज तिमल्सिना, उत्कृष्ट कर्मचारी सम्मानबाट अर्जुन गौतम र केशव सापकोटालाई सम्मान गरिएको थियो।

त्यस्तै संस्थाले उत्कृष्ट पत्रकारिता पुरस्कारबाट प्रलाद तिमल्सिनालाई सम्मान गरेको छ।भने वित्तिय संस्थातर्फ ऐँचोपैँचो साकोस र सरल बहुउद्देश्यीय सहकारी संस्थालाई सम्मान गरिएको छ ।

कार्यक्रममा नव निर्वाचित सञ्चालक समितिका पदाधिकारी तथा लेखा सदस्यलाई पद तथा गोपनियताको सपथ गराईएको थियो । नव निर्वाचित कोषाध्यक्ष भोलाप्रसाद ढुंगाना, उप सचिव गंगाप्रसाद दंगाल, महिला सदस्य लिलामाया सोनार्नी, लेखा सुपरीवेक्षण समितिकी महिला सदस्य देबकी अधिकारीलाई प्रमाण–पत्र समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा मधेस प्रदेश दुग्ध विकास बोर्डका निर्देशक शंकर साह, निजगढ नगरपालिका कार्यपालिका सदस्य सर्मिला वि.क., निजगढ नगरपालिका पशु शाखा प्रमुख युगलकिशोर सिंह, नेकपा (एमाले) निजगढ नगर सचिव तिलक घलान, निजगढ नगर उद्योग वाणिज्य संघका अध्यक्ष दिपेन्द्र श्रेष्ठ, होटल तथा पर्यटन व्यवसायि संघ निजगढका अध्यक्ष रामकृष्ण घिमिरे, हिमचुली साना किसान कृषि सहकारी संस्थाकी अध्यक्ष दुर्गा कोईराला,ऐँचोपैँचो साकोसका सचिव चुडामणी चौलागाई, संस्थाका पूर्व अध्यक्ष कृष्णप्रसाद बन्जारा, टिकाराम तिमल्सिना, डुमरवाना दुग्ध उत्पादक सहकारी संस्थाका व्यवस्थापक सन्तोष भुजेल, सरल बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष गोरखबहादुर खड्का, सार्वजनिक माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गाप्रसाद गौतम, गौरीशंकर माध्यमिक विद्यालयका प्रधानाध्यापक यादवकुमार तिमल्सिना लगायतको आतिथ्यता थियो।

संस्थाका उपाध्यक्ष टुकबहादुर तिमल्सिनाले स्वागत मन्तव्य राखेका थिए भने सचिव प्रकाश सापकोटाले कार्यक्रमको सहजीकरण गरेका थिए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय