पुस २७,हेटौंडा। मकवानपुरमा कार र स्कर्पियो एकापसमा ठक्कर खाँदा ८ जना गम्भीर घाईते भएका छन्।

शनिवार दिउँसो १ बजे मनहरी गाउँपालिका- ६ डिपार्ट स्थित पूर्व-पश्चिम सडकखण्मा वीरगन्जबाट चितवनतर्फ जादैँ गरेको बागमती प्रदेश ०१-०२६ च ५२५० नम्बरको स्कर्पियो र चितवनबाट हेटौडातर्फ आउँदै गरेको बा १६ च ८३२४ नम्बरको कार एकआपसमा ठक्कर खाई दूर्घटना भएको हो।

दूर्घटनामा दुबै सवारीका चालकसहित ८ जना घाईते भएका र उनीहरुको तत्काल उद्वार गरि उपचारार्थ चितवनतर्फ पठाईएको मकवानपुर प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घाईते सबैको अवस्था गम्भीर देखिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय