माघ ३,निजगढ। बाराको निजगढ-१० स्थित लालमा आयोजित तेस्रो ल्होसार कप खुल्ला नकाउट फुटबल प्रतियोगितामा रतनपुर युनाईटेडले विजयी सुरुवात गरेको छ।

लालस्थित बुद्ध मिनि रंगशालामा बिहिवार सम्पन्न समुद्घाटन खेलमा आरएफसि,हरिवन,सर्लाहीलाई ०-१ गोल अन्तरले पराजित गर्दै युनाइटेड क्लब निजगढ-११ ले विजयी सुरुवात गरेको हो।

खेलको पहिलो हाफमा रतनपुर युनाइटेडका जर्सी नं. ११ का खेलाडी दिपेश गुरोले गरेका १ गोल नै निर्णायक गोल बन्यो। आरएफसिले खेल अवधिभर जवाफी गोल फर्काउन सकेन।

खेलको म्यान अफ दि म्याच रतनपुर युनाइटेडका गोलरक्षक अभिशेष चौधरी घोषित भए।

उनलाई क्लबका अध्यक्ष आशिष बोम्जन र क्लबका सल्लाहकार तिलकबहादुर घलानले नगद २ हजार रुपैयाँ सहित म्यान अफ द म्याच ट्रफी हस्तान्तरण गरे।

प्रतियोगिता अन्तर्गत भोलि शुक्रवार दुईओटा खेल संचालन हुने आयोजक समितिले जनाएको छ।

पहिलो खेल एभरेस्ट एकेडेमी लालबन्दी सर्लाही र निजगढ सिटि क्लब,निजगढ-५ बीच दिउँसो १ बजे र दोस्रो खेल हेटौंडा एकेडेमी मकवानपुर र आयोजक टिम योङ्ग स्टार युनाइटेड क्लब,निजगढ-१० बिच हुनेछ।

माघ १२ गते सम्पन्न हुने प्रतियोगिताको विजेताले २ लाख २ हजार २ सय र उपविजेताले १ लाख १ हजार १ सय रुपैयाँसहित ट्रफी,मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय