माघ ६,काठमाडौ।चर्चित गायिका ज्योती मगरले अर्कि चर्चित गायिका समीक्षा अधिकारीलाई पाखे भनेकी छिन्। मगरले आफ्नो फेसबुक स्टाटसमार्फत अधिकारीलाई तल्लो स्तरको गाली गरेकी हुन्।

मगरले कसैको नाम उल्लेख नगरेपनि उनको स्टाटस समिक्षा अधिकारी लक्षित भएको सहजै अनुमान लगाउन सकिन्छ।

समिक्षाले आईतवार दिउँसो एक स्टाटसमार्फत मौसम अनुकुल हुँदा समेत श्री एयरलाईन्सले आफू लगायतका यात्रुहरुलाई अलपत्र पारेको र सोही एयरलाईन्सले यसअघि पनि धोका दिँदा आफुले नेपालगंजको एक कार्यक्रम गुमाउनु परेको लेखेकी थिईन्।

उनले अरु एयरलाईन्सले धमाधम जहाज उडाईरहँदा पनि
श्री एयरलाइन्सबाट धोका पाउने म पहिलो पात्र पक्कै नभएको भन्दै यस्तो घटना कि त अन्य एयरलाईन्ससँग कमिसन खाने कर्मचारीले घटाउँछन्, कि त यो एयरलाईन्स काम छैन भन्दै श्री एयरलाईन्सको चर्को आलोचना गरेकी थिईन्।

उनको यो स्टाटस सार्वजनिक भएको झण्डै २ घण्टापछि गायिका ज्योती मगरले अधिकारीलाई गालीगलौज शैलीमा कटाक्ष गर्दै लामो स्टाटास लेखेकी हुन्।

मगरले आफुले दैनिक २ ओटा र एकदिन त ४ ओटासम्म फ्लाईट गरेको भन्दै भर्खर प्लेन चढ्न थालेका कलाकारहरुले एयरलाईन्सलाई गाली गर्दै आफू भयंकर ठूलो कलाकार साबित गर्न खोजेको भन्दै स्टाटस लेखेकी छिन्।

गायिका मगरको स्टाटस जस्ताको तस्तै 👇️

म अचेल प्रत्यक दिन 2 ओटा जति फ्लाइट गर्छु एक दिन त मैले बिहान बिराटनगर टु काठ्मान्डु टु पोखरा टु काठमाडौ टु नेपालगन्ज गरेर 4 ओटा फ्लाइट सम्म गरे… मौसम को कारन भर्खरै मात्र माघ 1 गते र माघ 5 गते 2 ओटा ठुला कार्यक्रम रद्द गर्नु पर्यो… किन कि प्रकृति भन्दा माथी हामी कोइ छैन…
भर्खर भर्खर पिलेन चढ्न थालेका कलाकार हरु आज भोलि अधिकाम्स एरलाइन्स लाई गाली गर्दै आक्रोश पोख्दै आफुलाइ भयंकर ठूलो स्टार सम्झेको देख्दा मलाइ हासो उठ्छ बरै…नेपाल को एर्पोर्ट एर्लाइन्स हरु को बारे मा बुझ पाखे हरु कुनै पनि एर्लाइन्स हरु ले जानी जानी दुख दिदैनन एर्पोर्ट सानो छ अन्तरास्ट्रिय उडान देखि डोमेस्टिक उडान एउटै रनवय मा हुन्छ विभिन्न टेक्निकल कुरा हरु हुन्छन जहाज हरु उड्न उडाउन पार्किङ गर्न सबै कुरा को अनुमती दिने निश्चित निकाय हरु हुन्छन… एउटा प्यासेन्जर ले सिट बेल्ट मात्रै लाउन नमानिदिदा टेकअफ पोइन्ट मा पुगेको जहाज सम्म फर्काउनु पर्ने सास्ती एर्लाइन्स वाला ले भोग्नु पर्छ…साझा बस चढेर ड्राइभर लाई बस स्टाफ लाई मन लागि गाली गर्या जस्तो होइन…फलानो एर्लाइन्स ठिक छ फलानो एर्लाइन्स धोकेबाज भन्दै मनघनन्ते फाल्तु कुरा गर्नु बेकुफी हो…प्रीय कलाकार हरु आजभोलि एउटा नियम छ एर्पोट भित्र जाहाज को ओरिपरी फोटो खिच्न पाइदैन पिलेन तिर फर्केर फोटो खिचेर आफुलाइ भयङ्कर ठूलो ब्यस्त कलाकार नदेखाउनु होला… कलाकार हुनु भन्दा अगाडि नियम कानुन पालना गर्ने सभ्य नागरिक बनौ धन्यवाद तोर्पे ज्यु हरु…
नोट: र यो स्टाटस पुरा पढौ केही कुरा सिकौ र सिकाउ…

गायिका अधिकारीको स्टाटस जस्ताको तस्तै👇️

मौसम खराबीले उडान प्रभावित हुनु त स्वाभाविकै हो तर एयरपोर्ट खुलिसक्दा पनि बिहान ८ बजेको प्लेन अब दिउँसो २ बजे मात्रै उड्छ भन्दै श्री एयरलायन्सले यात्रुलाई एयरपोर्टमै अलपत्र पारेको छ। अन्य एयरलायन्सले धमाधम प्लेन उडाईरहेका छन्।
केहि दिनअघि पनि मैले यहि एयरलायन्सबाट धोका पाएपछि नेपालगञ्जको कार्यक्रम नै छुटाउनु परेको थियो। आज पनि म बिहानैदेखी काठमाडौं एयरपोर्टमै छु। श्री एयरलायन्सबाट धोका पाउने म पहिलो पात्र पक्कै होईन। यस्तो घटना कि त अन्य एयरलायन्ससंग कमिसन खाने कर्मचारीले घटाउछन्, कि त यो एयरलायन्स काम छैन।
#shreeairlines

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय