माघ ८,हेटौंडा। मकवानपुर प्रहरीले ६ किलोग्राम अवैध लागूऔषध गाजाँसहित एक पुरुषलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका-९ का ५४ वर्षिय दुर्गाबहादुर मोक्तान छन्।

मंगलवार बिहान पौने ७ बजे मनहरी-९ मगरटोलस्थित सडकमा शंकास्पद रुपले हिँडिरहेका मोक्तानलाई रितपुर्वक खानतलासी गर्दा उनले बोकेको झोला भित्र ६ किलोग्राम अवैध गाँजा भेटिएको प्रहरीले जनाएको छ।
मोक्तानलाई गाँजासहित नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालत हेटौडाबाट ७ दिनको म्याद थप अनुमती लिई अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।




