माघ ८,निजगढ। रतनपुर युनाईटेड बाराको निजगढ नगरपालिका-१०मा जारी तेश्रो ल्होसारकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ।

मंगलवार लालस्थित बुद्ध मिनि रंगशालामा भएको अन्तिम क्वाटरफाइनल खेलमा रतनपुरले रिगल हेटौडा रिसोर्ट एन्फा मकवानपुरलाई ०-२ गोल अन्तरले हराउँदै अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।

रतनपुरका लागि कुलदिप कार्की र दिपेश गुरोले गोल गरे । खेलमा रतनपुरकै आनन्द गुरो ‘म्यान अफ द म्याच’घोषित भए ।

गुरोलाई लालस्थित माध्यमिक विद्यालयका प्रधानाध्यापक दिनानाथ साह र निर्माण व्यवसायी धनपति तिमल्सिनाले नगद २ हजारसहित ‘म्यान अफ द म्याच’ ट्रफी हस्तान्तरण गरे।

भोली माघ ९ गते पहिलो सेमिफाइनल खेल वीरगंज युनाइटेड र एभरेष्ट एकेडेमी सर्लाहीबिच हुने आयोजकले जानकारी दिएको छ ।
रतनपुरले बेङ्गखाडी युवा क्लब,महोत्तरीसँग सेमिफाईनल खेल्नेछ।

योङस्टार युनाइटेड क्लब, निजगढ–१०, लालको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख २ हजार २ सय २ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १ लाख १ हजार १ सय रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

फाइनल खेल माघ १२ गते हुने तय गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय