माघ ९,हेटौंडा। मकवानपुरको मनहरीबाट ८१ किलो अवैध लागूऔषध गाँजा र बोलेरो भ्यानसहित १ युवक पक्राउ परेका छन्।

मंगलवार राती ९ बजे इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मनहरी-८ सिम्पानीस्थित पूर्व-पश्चिम सडकखण्डमा सवारी साधनहरु रोकी चेकजाँज गर्ने क्रममा उक्त परिमाणको गाँजासहित कैलाश गाउँपालिका-४ का २२ वर्षिय छेटुप थिङलाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार राक्सीराङको चैनपुरबाट हेटौडातर्फ आउँदै गरेको बा.प्र.०६-००१ च ००६२ नम्बरको बोलेरो पिकअप गाडीलाई शंका लागी रितपुर्वक खानतलासी गर्दा गाडीको पछाडीको ढाला भित्र लुकाई छिपाई ल्याईएको अवस्थामा ८१ किलो गाँजा फेला परेको हो।

थिङलाई बोलेरो पिकअपसहित नियन्त्रणमा लिई लागूऔषध मुद्धामा थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय