माघ १४,काठमाण्डौ। आफुलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङ जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट १० हजार धरौटीमा छुट्ने बितिक्कै पक्राउ परेकी छिन्। उनलाई पुनः भक्तपुर प्रहरीले पक्राउ गरेको हो। उनी सोमवार अपरान्ह काठमाडौ जिल्ला प्रशासनबाट छुटेकी थिईन्।

अभद्र व्यवहार मुद्दामा काठमाण्डौ प्रहरीले पक्राउ गरेको आशिकालाई भक्तपुर प्रहरीले पनि सोही कसुरमा पक्राउ गरेको हो ।

उनलाई माघ २ गते स्वयम्भूबाट पक्राउ गरेर प्रहरी वृत्त गौशालाले अनुसन्धान गरेको थियो । उनीविरुद्ध भक्तपुरमा पनि अभद्र व्यवहार मुद्दा दर्ता भएकाले पुनः पक्राउ परेकी काठमाडौँका प्रजिअ ऋषिराम तिवारीले बताए ।

पशुपति क्षेत्र विकास कोषका कर्मचारीको विषयमा तामाङले गौशालाका डीएसपी शुकदेव खनालसँग ‘विवाद’ गरेर उनले प्रहरीको काममा अवरोध सिर्जना गरेको आरोप छ ।

यस्तै काभ्रे र भक्तपुरको सिमानामा रहेको कैलाशानाथ महादेब मन्दिर क्षेत्र जोड्ने झोलुङ्गे पुल हिंडेको पैसा तिर्नुपर्ने भन्दै प्रवेश शुल्क लेखिएको बोर्ड तथा टिकट च्यातेको र टिकट काट्ने महिलालाई दूर्व्यवहार गरेको पनि उनिमाथी आरोप छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय