माघ १८हेटौंडा। मकवानपुरमा हजुरवुवाले ढालेको रुखले थिचेर १२ वर्षिय नाति गम्भीर घाईते भएका छन्।

जिल्लाको इन्द्रसरोवर गाउँपालिका-२ खानिखेतका १२ वर्षिय आदर्श पुडासैनी रुखले थिचेर घाईते भएका हुन्।

मकवानपुर प्रहरीका अनुसार शुक्रवार पौने ३ बजेको समयमा ५५ बर्षिय भारिरथ पुडासैनीले आफ्नै घर नजिकै रहेको बारिमा रहेको रुख काटिरहेको अवस्थामा ढल्न गै आफ्नै नाती आदर्शलाई थिचेको थियो।

टाउको र दुबै हातमा चोट लागी गम्भीर घाईते भएका बालकलाई प्रहरीले उपचारको लागी एम्बुलेन्समा काठमाण्डौको टिचिङ अस्पताल तर्फ पठाएको छ।

उपचारमा घाईते बालकका बुवा र हजुरवुवा संलग्न रहेका प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय