माघ२०,हेटौंडा। पर्साका एक पुरुषको मकवानपुरको राक्सिराङस्थित भीरबाट खसेर ज्यान गएको छ।

पर्साको पटेर्वा सुगौली गाउँपालिका-३ ठूलोदेवली घर भएका ४२ वर्षिय राजकपुर चौधरीको भीरबाट खसेर ज्यान गएको हो।

प्रहरीका अनुसार शनिवार राती ९ बजे राक्सिराङ गाउँपालिका-४ को जैसिङतालस्थित भित्री सडकखण्डमा हिँडिरहेको अवस्थामा चौधरी भीरबाट खसेका थिए।

भीरबाट अन्दाजी ६०/७० मिटर तल खसेर गम्भीर घाईते भएका चौधरीलाई उपचारार्थ हेटौंडा अस्पताल ल्याईएको थियो।चिकित्सकले उनलाई आईतवार बिहान १ बजेर १०मिनेट जाँदा मृत घोषणा गरेका हुन्।

शव हेटौंडा अस्पतालमै रहेको र घटना सम्बन्धमा इलाका प्रहरी कार्यालय मनहरीबाट थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय