माघ२०,हेटौंडा। मकवानपुरमा भीरबाट लडेर एक महिला गम्भीर घाईते बनेकी छिन्।

जिल्लाको कैलाश गाउँपालिका-९ स्थित दमारढुंगा बस्ने ३७ वर्षिय माईलीमाया घलान घाँस काटन जाँदा भीरबाट लडेर गम्भीर घाईते भएकी मकवानपुर प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार आईतवार (आज) बिहान ९ बजे घाँस काट्न जाँदा घलान भिरबाट अन्दाजी १५० मिटर तल खसी घाईते भएकी हुन्।
उनलाई आफन्तहरुले उपचारार्थ हेटौँडास्थित मकवानपुर सहकारी अस्पतालमा ल्याईएको छ।

घाईतेको टाउको र शरिरको बिभिन्न भागमा चोट लागेको र अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

उत्तरी मकवानपुरका स्थानहरुमा बर्षेनि भीरबाट खसेर दर्जनौं मानिसहरुको ज्यान जाने गरेको छ। आईतवार बिहान पनि राक्सिराङ गाउँपालिकामा एकजना पुरुषको भीरबाट खसेर ज्यान गएको थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय