माघ २१,हेटौंडा। कुखुराको अण्डाको मूल्य बढ्ने भएको छ। मंगलबारदेखि लागु हुने गरी अण्डाको मूल्य बढाउने निर्णय गरिएको नेपाल लेयर्स कुखुरापालक संघले जानकारी दिएको छ।

संघका अनुसार न्यूनतम प्रतिक्रेट १५ रूपैयाँदेखि अधिकतम ३० रूपैयाँका दरले अण्डाको मूल्य बढ्ने भएको हो।

बजारमा मध्यम, ठूलो र एक्स–एल गरी तीन आकारका अण्डा आउँछन्।

अहिले ठूलो अण्डाको मूल्य प्रतिक्रेट तीन सय ७०, मध्यम तीन सय ५५ र एक्स–एल अण्डा तीन सय ८५ रूपैयाँमा कारोबार भैरहेको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय