माघ२३,सिमरा। एक साता अघि बाराको सिमराबाट बेपत्ता भएका तीन वर्षीय बालक अन्स चौधरी अझै फेला परेका छैनन्।

उनि जितपुर सिमरा उपमहानगरपालिका-७ स्थित आफ्ना मामा रन्जित जैसवालको घर अगाडिबाट बेपत्ता भएका हुन्।

रौतहटको दुर्गा भवानी गाउँपालिका वडा नम्बर-१ बस्ने रितेश चौधरीका छोरा अन्स गत २ महिनादेखि सिमरास्थित आफ्नो मामा घरमा थिए।

उनी खेल्नेक्रममा मामाघर अगाडि बाट बेपत्ता बनेका बारा प्रहरी प्रवक्ता प्रकाश सापकोटाले बताए ।
सापकोटाका अनुसार १७ गते विहान ९ बजेको हाराहारीमा घर अगाडिबाट खेल्ने क्रममा हराएका बालकको खोजिमा प्रहरी सक्रियरुपमा लागेको छ।

रातो कलरको हुड र निलो रङ्गको पाइन्ट लगाएको अवस्थामा उनी सम्पर्कविहीन भएको सापकोटाले जानकारी दिएका छन्।

यता परिवारजनले भने बालकको अपहरण भएको हुनसक्ने आशंका गरेको छ। बालक फेला पार्ने व्यक्तीलाई १ लाख रुपैयाँ पुरस्कार प्रदान गरिने परिवारजनले घोषणा गरेको छ ।

यस्तै बारा क्षेत्र नम्बर ४का प्रतिनिधिसभा सदस्य किसान श्रेष्ठले पनि बालक फेला पार्ने व्यक्तिलाई ५१ हजार रुपैयाँ ईनाम दिने घोषणा गरेका छन्।

सांसद किसान श्रेष्ठ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय