माघ२८,हेटौंडा।मकवानपुरको भीमफेदीस्थित त्रिभुवन राजपथमा ग्याँस बुलेट पल्टिँदा सडक आंशिकरुपमा अवरुद्ध भएको छ।आईतवार राती ८ बजे गाउँपालिका-१ त्रिखण्डि नजिकै NL01K1197 नम्बरको ग्याँस लोड भएको बुलेट पल्टिएको हो।
हेटौँडा बजारतर्फबाट भैँसेतर्फ जादै गरेको १२ चक्के ईन्डियन ग्याँस बुलेट सडकको दाहिने साईडको भित्तामा फसी बाटो अबरोध भएको मकवानपुर प्रहरीले जनाएको छ।
बुलेट पल्टिएको स्थान नजिकबाट नयाँ बाटो बनाई हाल एकतर्फी रुपमा आलोपालो गरि सवारी आवतजावतको ब्यबस्था मिलाईएको छ।
पल्टिएको ग्यास बुलेटलाई निकाल्ने प्रयास भैरहेको प्रहरीले जनाएको छ।



