माघ३०,हेटौंडा। मकवानपुर प्रहरीले लागूऔषध अफिम सहित बाराका २ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका-४ बस्ने अन्दाजी बर्ष १८ का दीपक साह र सिम्रौनगढ नगरपालिका-१ बस्ने अन्दाजी वर्ष १९ का सशी मुखिया छन्।

उनिहरुलाई ईलाका प्रहरी कार्यालय मनहरीको प्रहरी टोलीले मंगलवार साँझ ६ बजेको समयमा मकवानपुरको राक्सिराङ गाउँपालिका-५ स्थित बोटबारी भन्ने स्थानबाट पक्राउ गरेको हो।
पैदल हिँडीरहेका उनिहरुमाथी शंका लागी खानतलासी लिनेक्रममा कालो झोलाभित्र प्लास्टिकले बेरिएको अवस्थामा २ केजि १४० ग्राम अफिम फेला पारिएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिए।
उक्त अफिमको अन्तराष्ट्रीय बजार मूल्य २ करोड रुपैयाँ भन्दा बढी हुने जनाईएको छ।
लागुऔषधसहित दुबै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय मनहरीबाट थप अनुसन्धान कार्य भईरहेको डिएसपि अर्यालले बताए।




