फागुन३,हेटौंंडा।मकवानपुरको सुदुरपूर्वि गाउँपालिका वागमतीको झुरझुरेस्थित शहीद स्मृति रंगशालामा शुरु सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा सर्लाहीको वागमती युवा क्लबले विजयी सुरुवात गरेको छ।

शनिवार सम्पन्न प्रतियोगिताको उद्घाटन खेलमा आयोजक वागमती खेलकुद विकास समितिको टिमलाई ०–१ गोलले हराउँदै सर्लाहीले खाता खोलेको हो । सर्लाहीको जीतमा कप्तान विमल घिसिङले खेलको दोस्रो हाफको ३३ औं मिनेटमा गोल गरेका थिए ।

निकै प्रतिस्पर्धात्मक खेलको निर्धारीत समयसम्म दुबैपक्षबाट कुनै गोल हुन नसकेपछि घिसिङको उक्त गोल नै निर्णायक बन्यो ।

खेलको ‘म्यान अफ द म्याच’ घिसिङ नै घोषित भए,उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे । दुबै टिमबाट विदेशी खेलाडी पनि खेलेका थिए।

प्रतियोगितामा ए डिभिजनका ७ र मोफसलका ३ गरी जम्मा १० टिमको सहभागिता छ ।

आगामी फाल्गुन १२ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख नगदससिहत शिल्ड र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागततर्फका उत्कृष्ट खेलाडीहरुलाई जनही २५ हजार, प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’लाई १० हजार रुपैंयासहित शिल्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले प्रतियोगिताको उद्घाटन गरेका हुन् । सो अवसरमा प्रचण्डले गाउँपालिकाको आफ्नै लगानीमा निर्मित शहीद स्मृति रंगशालाको पनि उद्घाटन गरेका थिए ।

उनि प्रतियोगिता र ननवनिर्मित रंगशालाको उद्घाटन गर्न नेपाली सेनाको हेलिकप्टर चढेर झुरझुरे आएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय