फागुन४,हेटौंडा। निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा हुन गैरहेको ‘गायन रियालिटी शो’हेटौँडा आइडलमा ३५ जना छनौट भएका छन्।

शनिबार हेटौँडामा भएको प्री अडिसनबाट उनिहरु छनौट भएका हुन्।

संघले हेटौँडा १० स्थित टिसिएन चौरमा यही फागुन ६ गतेदेखि १८ गतेसम्म हुने दोस्रो राष्ट्रिय निर्माण तथा व्यापार महोत्सव २०८१ को अवसरमा ‘गायन रियालिटी शो’ हेटौँडा आइडल आयोजना गरेको छ।

आइडलको दोस्रो संस्करणको पहिलो चरणमा छनोटमा परेका १५ जना नवप्रतिभाले फागुन ७ गतेबाट स्टेज प्रस्तुति गर्ने गरी कार्यक्रम तय गरिएको छ ।

हेटौँडा आइडल २०८१ व्यवस्थापन उपसमितिका संयोजक टाकाराज थापाले हेटौँडा आइडलको ग्राण्ड फिनाले फागुन १७ गते हुने बताए।

आयोजक निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कंडेलले हेटौँडा आईडललाई ५१ हजार , फष्ट रनरअपलाई २५ हजार र सेकेण्ड रनरअपलाई १५ तथा दुई जना रनर अपलाई जनही पाँच हजार रुपैयाँ नगदराशीले पुरस्कृत गरिने जनाए।

आईडलको निर्णायकमा गायकहरु कृष्णगोपाल महर्जन, सुनिता बुर्लाकोटी र ईश्वर खड्का रहेका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय