फागुन४,हेटौंडा। मकवानपुरको झुरझुरेमा जारी सातौँ संस्करणको वागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता अन्तर्गत आईतवार भएको खेलमा सशस्त्र प्रहरी बलको एपीएफ क्लब विजयी भएको छ।
वागमती-४ स्थित शहीद स्मृति रंगशालामा भएको खेलमा चितवनको हानामी बिएफसीलाई टाइब्रेकरमा १-३ गोल अन्तरले हराउँदै एपीएफले विजयी सुरुवात गरेको हो ।
खेलको निर्धारित समय गोलरहित बराबरीमा टुंगिएपछी खेल टाइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा एपीएफका सुमन श्रेष्ठ, दिपेश धिमाल र मनिकुमार लामाले गोल गरे ।
बिएफसीको तर्फबाट भने अमन लामाको प्रहार मात्रै गोलमा परिणत भएको थियो। बिएफसीका रोशन क्षेत्री र सुरेश कुमालको प्रहार एपीएफका गोलरक्षक एन्जल श्रेष्ठले रोके भने विदेशी खेलाडी बफरको प्रहार बाहिरिएको थियो।
एपीएफका गोलरक्षक श्रेष्ठ ‘म्यान अफ द म्याच’ घोषित भए ।
खेलको ६४ औं मिनेटमा एपीएफका प्रदीप लामाले रातो कार्ड पाएर बाहिरिए पनि एपीएफले निर्धारित खेल समय आफ्नो पक्षमा पारेको थियो । एपीएफ अघिलो संस्करणको उपविजेता टोलि हो ।
फाल्गुन १२ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागततर्फका उत्कृष्ट खेलाडीलाई जनही २५ हजार, प्रत्येक खेलको ‘म्यान अफ दी म्याच’लाई १० हजार रुपैयाँसहित शिल्ड र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।



