फागुन५,हेटौंडा। मकवानपुरको बागमती गाउँपालिकामा जारी सातौं संस्करणको वागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताका लागि गाउँपालिकाका कर्मचारीहरुले नगद सहयोग गरेका छन्।

कर्मचारीहरुले प्रतियोगिताका लागी१ लाख ३२ हजार २ सय ३१ रुपैयाँ नगद सहयोग गरेका हुन्।

सोमवार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जीले कर्मचारीहरुबाट संकलित रकम वागमती गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष रहरसिं थिङलाई हस्तान्तरण गरेका छन्।

बागमती-४ झुरझुरेस्थित शहीद स्मृति रंगशालामा फागुन ३ गते शनिवारदेखि प्रतियोगिता सुरु भएको छ। प्रतियोगिताका लागि विभिन्न संघसंस्था, जनप्रतिनिधि, कर्मचारी र खेलप्रेमीहरुबाट सहयोग आउने क्रम जारी रहेको खेलकुद विकास समितिका अध्यक्ष थिङले बताए।

फागुन १२ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् ।

यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागततर्फका उत्कृष्ट खेलाडीहरुलाई जनही २५ हजार, प्रत्येक खेलका ‘म्यान अफ दी म्याच’लाई १० हजार रुपैयाँसहित शिल्ड र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

करिब ७५ लाख रुपैयाँ खर्च लाग्ने आनुमान गरिएको प्रतियोगिताका लागी गाउँपालिकाले २५ लाख बिनियोजन गरेको छ भने जिल्लाको दशवटै पालिका र छिमेकी जिल्ला सिन्धुलीको हरिहरपुरगढी र मरिण गाउँपालिकासँग पनि सहयोगको पहल भैरहेको बताईएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय