फागुन६,हेटौंडा। मकवानपुरको झुरझुरेमा जारी सातौँ संस्करणको वागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगितामा थ्री स्टार क्लब सेमिफाइनल प्रवेश गरेको छ।

मंगलवार बागमती-४ स्थित शहीद स्मृति रंगशालामा भएको दोस्रो क्वाटरफाइनल खेलमा हिमालयन शेर्पा क्लबलाई ०-४ गोलको फराकिलो अन्तरले हराउँदै थ्री स्टार प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो।

थ्री स्टारको जीतमा सुशील राईले खेलको तेस्रो मिनेटमा, नवीन लामाले १७ औं मिनेटमा, विदेशी खेलाडीहरु फोफनाले २४ औँ र एलेक्सले ३९ औं मिनेटमा गोल गरेका थिए।

खेलको ‘म्यान अफ द म्याच’ प्रतियोगिताको दोश्रो गोलकर्ता लामा घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।

तेश्रो संस्करणको उपविजेता रहेको हिमालयन शेर्पा क्लब यो संस्करणमा बाहिरिएको छ । थ्री स्टार भने चौथो संस्करणको विजेता टिम हो।

चौथो संस्करणमा विदेशी टोलि अफ्रिकन रुट्स एसोसिएसनलाई हराउँदै थ्री स्टारले उपाधी जितेको थियो। भोली बुधवारको खेल संकटा र विभागीय टोलि एपिएफबिच हुनेछ।

फागुन १२ गतेसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् ।

यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागततर्फका उत्कृष्ट खेलाडीहरुलाई जनही २५ हजार र प्रत्येक खेलका म्यान अफ दी म्याचलाई १० हजार रुपैयाँसहित शिल्ड र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय