फागुन९,हेटौंडा। मकवानपुरको वागमती गाउँपालिकामा जारी सातौं संस्करणको बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल खेल आज शुक्रबारदेखि सुरु हुँदैछ।
वागमती-४ झुरझुरेस्थित शहीद स्मृति रंगशालामा हुने पहिलो सेमिफाइनल खेलमा विभागीय टोलि सशस्त्र प्रहरी बलको एपीएफ र चर्च ब्वाईज युनाइटेड भिड्नेछन् । खेल दिउँसो २ बजे सुरु हुनेछ ।
एपीएफले संकटा र चर्च ब्वाइजले विभागीय टोलि त्रिभुवन आर्मीलाई हराउँदै प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।
एपीएफ गत संस्करणको उपविजेता टोलि हो भने चर्च ब्वाइज प्रतियोगितामा नयाँ टोलि हो ।
प्रतियोगिताको दोस्रो सेमिफाइनल खेल भोली शनिवार मच्छिन्द्र फुटबल क्लब र थ्रीस्टार बीच हुनेछ। दुबै क्लब काठमाडौका हुन्।
प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछन् ।
यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागततर्फका उत्कृष्ट खेलाडीहरुलाई जनही २५-२५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।



