फागुन९,हेटौंडा। हेटौंडाऔद्योगिक क्षेत्रमा अवस्थित एन्टारटिक बिस्कुट प्रालिका मजदुरहरुको आन्दोलन स्थगित भएको छ । उद्योग व्यबस्थापन र श्रमिकहरु बीच गैरकानुनी ढङ्गले निष्कासन गरिएका श्रमिकहरुको पुनर्बहाली गर्ने सहमति भएसँगै आन्दोलन स्थगित भएको हो ।

बिहिबार श्रम कार्यालय हेटौंडामा उद्योग व्यवस्थापनसँग भएको वार्ताले उद्योगको निष्कासनमा परेका ९६ श्रमिकलाई पुनर्बहाली गर्ने सहमति भएको छ ।

बार्ताले श्रमिकलाई रोजगार सम्झौता पत्र दिने साथै उद्योगमा थप ६ जनालाई समेत नियमित रोजगार प्रदान गर्ने गरी १ सय २ जनालाई नियमित रुपमा काममा फर्काउने सहमति भएको समग्र उद्योग ट्रेड युनियन नेपाल, मकवानपुरका अध्यक्ष केशवप्रसाद अधिकारीले जानकारी दिए ।

उनका अनुसार बार्ताको क्रममा श्रमिकहरुको परिक्षण अवधी सकिएकाहरुको हकमा भने श्रम ऐन बमोजिम स्थायी नियुक्ती गर्ने सहमतीसमेत गरिएको छ ।

उद्योगले अनुचित श्रम अभ्यास गर्दै बिनाकारण गैह्र कानुनी ढंगले कर्मचारी निष्कासन गरेको बिरोधमा गत फागुन १ गतेदेखी श्रमिकहरु आन्दोलित थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय