फागुन ४,हेटौंडा।हेटौंडा-५ स्थित सानोपोखरामा घरको छतबाट खसी एकजना पुरुष गम्भीर घाईते भएका छन्।

शुक्रवार विहान ११ बजे हरि लामिछानेको तीन तल्ले घरको छतबाट भुइँमा खसी चितवनको कालिका नगरपालिका-६ खोलेसिमल घर भएका अन्दाजी ६० वर्षिय गोविन्द अधिकारी गम्भीर घाईते भएका हुन्।

अधिकारी हिजो विहिवार आफ्नो भिनाजु लामिछानेको घरमा काम विशेषले आएका थिए।

प्रहरीका अनुसार उनी तिन तला माथी छतमा गई बसीरहेको अवस्थामा अचानक छतबाट तल भुइँमा खसेका हुन्।

घाईते अधिकारीलाई शुरुमा हेटौंडा अस्पताल लगिएकोमा अवस्था गम्भीर भएकाले थप उपचारका लागी चितवन तर्फ पठाईएको छ।

उनको टाउकाको अगाडीको भागमा चोट लागेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय