फागुन९,हेटौंडा।घरको छतबाट खसेर गम्भीर घाईते भएका अधिकारीको ज्यान गएको छ।

शुक्रवार विहान ११ बजे हेटौंडा-५ सानोपोखरास्थित स्थानीय हरि लामिछानेको घरको छतबाट खसी गम्भीर घाईते भएका ६० वर्षिया गोविन्द अधिकारीको चितवनस्थित नयाँ मेडिकल कलेजमा उपचारको क्रममा दिउँसो २बजेर १० मिनेट जाँदा मृत्यु भएको प्रहरीले जनाएको छ।

चितवनको कालिका नगरपालिका-६ खोलेसिमल घर भएका अधिकारी हिजो विहिवार आफ्ना भिनाजु लामिछानेको घरमा काम विशेषले आएका थिए।

प्रहरीका अनुसार उनी तिन तला माथी छतमा गई बसीरहेको अवस्थामा अचानक छतबाट तल भुइँमा खसेका हुन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय