फागुन१२,हेटौंडा।सातौं संस्करणको वागमती गोल्डकपको उपाधी चर्च व्वाईज युनाईटेडले चुमेको छ।

मकवानपुरको वागमती गाउँपालिका-४ झुरझुरेस्थित शहीद स्मृती रंगशालामा सोमवार सम्पन्न प्रतियोगिताको अन्तिम खेलमा साविक विजेता मच्छिन्द्र क्लबलाई ०-१ गोल अन्तरले हराउँदै ब्वाइजले उपाधी चुमेको हो।

ब्वाइजलाई उपाधी दिलाउन टिमका फर्वार्ड समीर तामाङ नायक बने । उनले खेलको ४७ औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो ।
खेलको ‘म्यान अफ द म्याच’ तामाङ नै घोषित भए । उनले १० हजार रुपैयाँ प्राप्त गरे ।

उपाधीसँगै चर्च ब्वाइजले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ भने उपविजेता मच्छिन्द्रले ५ लाख रुपैयाँ प्राप्त गरेको छ।
चर्च ब्वाइजले प्रतियोगितामा सहभागी भएको पहिलो पटकमै गोल्डकपको उपाधी जितेको हो ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी चर्च ब्वाइजका सन्तोष खत्री घोषित भए । उनले १ लाख १ हजार १ सय १ रुपैयाँ प्राप्त गरे । यस्तै उत्कृष्ट गोलरक्षक चर्च ब्वाइजकै टेकेन्द्र थापा, डिफेन्डर मछिन्द्रका देवेन्द्र तामाङ, मिडफिल्डर मछिन्द्रका रोशन राना मगर, फरवार्ड चर्च ब्वाइजका समीर तामाङ र प्रशिक्षक चर्च ब्वाइजका सुमन श्रेष्ठ घोषित भए । विधागततर्फका उत्कृष्ट सबैले जनही २५-२५ हजार रुपैयाँ प्राप्त गरेका छन् ।

सो अवसरमा पालिका खेलकुद विकास समितिले गाउँपालिकाको खेलकुद क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै रेडियो झुरझुरेका स्टेसन म्यानेजर विवेक सिंतानलाई १५ हजार रुपैयाँ  राशीको उत्कृष्ट पत्रकारिता पुरस्कारबाट सम्मान गरेको छ ।

बागमती खेलकुद विकास समितिका अध्यक्ष रहर सिं थिङको सभाध्यक्षता तथा वागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यतामा भएको पुरस्कार वितरण कार्यक्रममा वागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, उपाध्यक्ष फडिन्द्रकुमार तिमल्सिना, प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर दर्जी, एन्फा केन्द्रिय सदस्य टीका लामा लगायतको आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय