फागुन२०,हेटौंडा। मकवानपुर प्रहरीले भारी मात्राको विष्फोटक पदार्थसहित एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा हेटौंडा-१९ का ४३ वर्षिय अमृत घलान छन्।
घलानलाई सोमवार दिउँसो १ बजे हेटौडा-३ स्थित प्रहरी चौकी बसामाडी अगाडीबाट विष्फोटक पदार्थसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
वस्तिपुरबाट हेटौंडातर्फ आउदै गरेको ना ८ ख. ४२१४ नम्बरको यात्रुवाहक बसमा आएका घलानलाई शंका लागी रितपुर्वक खानतलासी गर्ने क्रममा घलानले बोकेको झोला भित्र लुकाई छिपाई गरी ल्याईएको अवस्थामा 90 premier 32 MM Explosives class-2 लेखिएको विष्फोटक पदार्थ जस्तो देखिने गिलो पदार्थ थान -१, Neogel-901, cap sensitive Emulsion Explosive लेखिएको सुन्तला रंगको प्लाष्टिकमा रहेको बिष्फोटक पदार्थ जस्तो देखिने सेतो गिलो पदार्थ थान- १, बिष्फोटक पदार्थ जस्तो देखिने सेतो गिलो पदार्थ थान -२, सुन्तला रंगको प्लास्टिकमा रहेको बिष्फोटक पदार्थ जस्तो देखिने गिलो पदार्थ थान -३, कालो रंगको टेपले बेरी राखेको सेतो रंगको तार जोडेको बिद्युतीय डेटोनेटर थान -६, कालो टेपले बेरी रातो सेतो रंगको तार जोडेको बिधुतिय डेटोनेटर थान -२० गरी जम्मा थान -३३ र तार नजोडेको कालो टेपले बेरी राखेको डेटोनेटर थान -१४ साथै Detcord जस्तो देखिने रंगको तार ३ फिट ६ ईन्चको -१ थान, ३ फिट ८ ईन्चको थान -१ गरी थान -२ फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ परेका घलानलाई मकवानपुर जिल्ला अदालत हेटौडाबाट बिष्फोटक पदार्थ सम्बन्धी कसुर मुद्धामा अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ।



