फागुन२३,हेटौंडा। मकवानपुरको हेटौंडा-४ मा अवस्थित जामे मस्जिदका नवनिर्वाचित कार्यसमिति सदस्यहरुलाई प्रमाणपत्र वितरण गरिएको छ।
हेटौंडा-४ का वडाध्यक्ष नवीन सिग्देलले शुक्रवार मस्जिद परिसरमा आयोजित एक कार्यक्रमका बिच उनिहरुलाई प्रमाणपत्र वितरण गरेका हुन्।
फागुन १६ गते शुक्रवार हाजी तयस मियाँ अन्सारीको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिले निर्वाचित भएपनि मुस्लिम समुदायको रमजान पर्वका कारण प्रमाणपत्र वितरणमा केही ढिलाई भएको नवनिर्वाचित अध्यक्ष अन्सारीले जानकारी दिए।
कार्यसमितिको उपाध्यक्षमा मुस्तफा अन्सारी,सचिवमा शेख जाहेगिर,कोषाध्यक्षमा सैयादिन मियाँ र सदस्यहरुमा हाजी अलि हुसेन(मास्टर जी),कारी अब्बास मियाँ,रेयाज अन्सारी,अन्जर साह,रुस्तम अन्सारी,नासिर हुसेन अन्सारी र ईमान मियाँ निर्वाचित भएका छन्। कार्यसमितिको कार्यकाल ३ वर्षको हुनेछ।
कार्यसमिति निर्वाचन मण्डलका संयोजक मोहम्मद समिमको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा कानुनी सल्लाहकार आरके मैनाली लगायतको उपस्थिति थियो।



