फागुन२५,हेटौंडा।जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्काले जिल्लामा कसैले पनि गुण्डागर्दीको राज चलाउँछु भन्ने कल्पना समेत नगर्न अनुरोध गरेका छन्।

आईतवार जिल्ला प्रशासन कार्यालयद्वारा आयोजित पत्रकार भेटघाटका क्रममा संचारकर्मीहरुको प्रश्नको जवाफ दिँदै उपरीक्षक खड्काले यस्तो बताएका हुन्।

विशेषगरी जिल्लाको मकवानपुरगढी,मनहरी तथा राक्सिराङ गाउँपालिकाका खोला तथा खानिहरु गुण्डाहरुले नियन्त्रणमा लिएर काम गरिरहेका छन् भन्ने संचारकर्मीको जिज्ञासालाई सम्बोधन गर्दै उपरीक्षक खड्काले आफुलाई यस्तो जानकारी न आएको र यदि कसैले गुण्डाराज चलाएर काम गर्ने सोचेका छन् भने त्यस्तो कल्पनासमेत नगर्न भनेका हुन्।

आफू राजधानीको ४ वटा बिटहरुमा काम गरेर आएकोले यहाँ गुण्डाराजको कल्पना समेत गर्न नसकिने उनको भनाई छ।

खानिक्षेत्रमा प्रभुत्व जमाएका केही बडि बिल्डरहरुलाई कार्वाही गरेको प्रसँग निकाल्दै उपरीक्षक खड्काले बाँकी रहेका चुल्ठेमुन्द्रेलाई पनि चेतावनी दिएपछी उनीहरुको भागाभागको अवस्था रहेको उनले बताए।

हेटौंडाको पदमपोखरी लगायतका क्षेत्रमा केहीले नेक्सस चलाईरहेपनि देखापरेको खण्डमा कसैलाई पनि कुनै पनि हालतमा नछाड्ने उनको चेतावनी छ।

उनले हेटौंडा-२ स्थित बनस्खण्डी जंगलक्षेत्रमा भएको सामुहिक बलात्कारको घटनाले आफु आश्चर्यमा परेको पनि बताए।उक्त क्षेत्रमा प्रहरीको नियमित गस्ती भएपनी जघन्य अपराधका घटना घटनु दुखद भएको उनको भनाई छ।

प्रहरी उपरीक्षक खड्काले जिल्लामा विशेषगरी लागूऔषध नियन्त्रणमा आफ्नो टिम लागिपरेको बताए।

जिल्लाका माथिल्लो क्षेत्रमा गरिएको गाँजा तथा अफिम खेती पूर्णरुपमा फँडानी गर्न नसकेपनी तस्करहरुलाई दैनिकरुपमा पक्राउ गरि लागूऔषध कारोबारीहरुलाई निरुत्साहित पारेको उनले बताए।

जिल्लामा देखापरेका लागूऔषध कारोबार ,दूर्व्यसनी,जबर्जस्ती करणी लगायतका अन्य शान्तिसुरक्षाको सवालमा आफुले सुधार गर्दै जाने पनि उनले बताएका छन्।

संचारकर्मीहरुले जिल्लामा विशेषगरी लागूऔषध दूर्व्यसन र कारोबार नघटेको,दूर्घट्ना हुनेगरी टर्निङहरुमा ट्राफिक चेकिङ गरिएको,खाद्यान्न महंगी नियन्त्रण नभएको,मालवाहक सवारीहरु ओभरलोड हुँदापनी प्रहरी मुकदर्शक बनेको,खानी तथा खोलाक्षेत्रको दोहन भएको लगायतका समस्या दर्शाएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय