फागुन२६,हेटौंडा। मकवानपुरमा सडक खनिरहेको एउटा स्कभेटरलाई पहिरोले पुरेको छ।

आइतवार साँझ साँढे ५ बजेको समयमा भीमफेदी गाउँपालिका-९ च्यानपाखास्थित भित्री सडकखण्डमा सडक खनिरहेको स्काभेटरलाई माथिबाट ठूलो ढुँगासहित खसेको पहिरोले पुरेको हो।

प्रहरीका अनुसार भौतिक पूर्वाधार विकास हेटौंडाद्वारा निर्माण हुन लागेको गोलमोड देखि फापरबारी जाने भित्री सडकखण्डको नयाँ सडक खन्ने क्रममा ठुलो ढुङ्गासहितको पहिरो खसेर प्र.३-०१-००३ क ६८०९ नम्वरको स्काभेटरको आधा भाग पुरिएरर क्षति भएको छ।

घटनाबारे सोमवार विहान साँढे १० बजे प्रहरीलाई खबर प्राप्त भएपछी प्रहरी चौकी सिमभन्ज्याङबाट खटिएको प्रहरी टोलीले निकाल्ने प्रयास गरिरहेको र घटनामा कुनै मानवीय क्षती नभएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय