फागुन२८,हेटौंडा।मकवानपुरको बकैयामा मोटरसाइकल दूर्घटनामा परि एक युवकको मृत्यु भएको छ।
बकैया गाउँपालिका-४ का ३३ वर्षिय रुपक दियाली बुधवार विहान २ बजे मदन भण्डारी लोकमार्गस्थित जुरेली भन्ने स्थानमा दूर्घटनामा परेका थिए।
हात्तिसुँढेबाट ठुलोदमार तर्फ आउँदै गरेको बा ४० प ५३०६ नम्वरको मोटरसाइकल घुम्तिमा मोड्ने क्रममा आफैँ अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ।
दूर्घटनामा परि टाउकोमा चोट लागेका उनको बकैया अस्पतालमा उपचार पश्चात थप उपचारका लागी हेटौंडा अस्पताल ल्याईएकोमा विहान साँढे ४ बजे चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ।
शव अस्पतालमै रहेको र घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीको भनाई छ।



