चैत्र४,हेटौंडा। मकवानपुरको ईन्द्रसरोवर-३ धारा खोल्छास्थित दक्षिणकाली सडक खण्डमा भारतिय नम्वरको फोर्स गाडी दूर्घटना हुँदा ४ जना भारतीय नागरिक घाईते भएका छन्।
सोमवार विहान ७ बजे काठमाण्डौबाट हेटौडा तर्फ आउदै गरेको यात्रुवाहक भारतिय युपि ७० एनटी ६९१७ नम्वरको फोर्स गाडि ब्रेक फेल भइ रोडको वायाँ साइडमा ठोक्किएर दूर्घटना भएको हो।

दूर्घटनामा भारतको उत्तर प्रदेश राज्यको जिल्ला राइबेली ग्राम यनटिबेसि उचहर बस्ने बर्ष ५५ का राजकरण तिवारी,सोही ठाउँका वर्ष ३८का जितेन्द्रप्रताप सिंह,बर्ष ३८ कै अभयप्रताप सिंह र बर्ष ४४ का अजय मिश्र घाईते भएका प्रहरीले जनाएको छ।
उनिहरुलाई सामान्य चोटपटक लागेको छ। गाडिमा १७ जना सवार थिए।
घाईतेहरुलाई उपचारार्थ हेटौंडातर्फ ल्याईएको प्रहरीले जनाएको छ।दूर्घटनाग्रस्त गाडि घटनास्थलमा रहेको र बाटो अवरोध नभएको प्रहरीले जनाएको छ।




