चैत्र१५,बारा।बारा प्रहरीले एक चिकित्सकलाई धम्की दिई २० लाख रुपैयाँ फिरौती माग गर्ने एकजनालाई पकाउ गरेको छ।

पक्राउ पर्नेमा कलैया उप-महानगपालिका वडा नं. ०५ घुसुकपुर बस्ने ४८ वर्षिय मदन मिश्र छन्।

मिश्रलाई सीमावर्ती भारतको विहार राज्यस्थित मोतिहारी प्रहरीको सहयोगमा कलैया-१० शिवपुर चिउटाहाबाट शुक्रवार पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मिश्रले घुसुकपुरकै ३० वर्षिय डा. बिकेशकुमार पाण्डेयलाई गत चैत्र २ गतेदेखी पटक पटक फोन गरी धम्क्याउने तथा उनी कार्यरत हस्पिटलमा बम राखिएको छ भन्दै आतंकित पारिरहेका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय