चैत्र१५,बारा।बारा प्रहरीले ठूलो मात्राको लागूऔषध अफिमसहित २ जनालाई पक्राउ गरेको छ।
प्रहरीले ८ किलो २५२ ग्राम अफिमसहित मकवानपुरको हेटौडा उप-महानगपालिका वडा नं. १२ बस्ने वर्ष ४४ का मिलन भोलन र सोही ठाउँका ४७ वर्षिय गोपालप्रसाद गौतमलाई शुक्रवार दिउँसो ३ बजे पथलैयाबाट पक्राउ गरेको हो।

सशस्त्र प्रहरी बल, राजस्व प्रहरी इकाई पथलैया, बाराबाट खटिएको सशस्त्र प्रहरी टोलीले बा प्र -०१-०२९ च ५४१४ नम्वरको कारबाट उक्त परिमाणको अफिम जस्तै देखिने पदार्थसहित २ जनालाई नियन्त्रणमा लिएको बारा प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिएका छन्।




