चैत्र१७,हेटौंडा। मकवानपुरको राक्सिराङ गाउँपालिका-५ बोटबारीस्थित एक घरमा आगलागी भएको छ।

स्थानिय भिमबहादुर मोक्तानको एकतले ढुंगा र माटोले बनेको घरमा आईतवार विहान साँढे ९ बजे विद्युत सर्ट भै आगलागी भएको प्रहरीले जनाएको छ।

आगलागीबाट मोक्तानको घरमा रहेको नगद ४० हजार र भाँडावर्तन,लत्ताकपडासहित ७ लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

प्रहरी चौकी चैनपुरबाट खटिएको प्रहरी टोली र स्थानीयको सहयोगमा दिउँसो १२ बजेर ४० मिनेटको समयमा आगो पूर्णरूपमा नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय