चैत्र१८,बारा। बारा प्रहरीले झण्डै साँढे ४ लाख मूल्य बराबरको भन्सार छली ल्याएको केराउ बरामद गरेको छ।

प्रहरीले आईतवार राती ११ बजे विशेष सूचनाको आधारमा कलैया उपमहानगरपालीका-१३स्थित बलिरामपुरबाट अन्दाजी ४ लाख ४४ हजार मूल्य बराबरको १८५ बोरा अवैध केराउ र मिनि ट्रक नियन्त्रणमा लिएको जनाएको छ।

केराउसहितको ट्रकलाई आवश्यक कानूनी कारवाहीको प्रकृया अगाडी बढाईएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय