चैत्र२०,हेटौंडा।मकवानपुरका दुई छुट्टाछुट्टै स्थानमा आगलागी भएको छ।
वुधवार विहान भीमफेदी गाउँपालिका-५ छबेलीस्थित नेपाली सेनाको ह्याण्ड ग्रिनेट बनाउने श्री बहुउद्धेशीय प्लाष्टिक उद्योगको जवान व्यारेक र हेटौंडा-१२ स्थित आलदमारका एक स्थानीयको गोठमा आगलागी भएको हो।
प्रहरीका अनुसार नेपाली सेनाको जवान व्यारेकमा विहान सवा ८ बजे बिद्युत सर्ट भई आगलागि भएको थियो।

उक्त आगो भीमफेदी ईलाका प्रहरी कार्यालयकी इन्स्पेक्टर ललिता ढकालको कमाण्डमा खटिएको प्रहरी टोली,सशस्त्र प्रहरी, नेपाली सेना,हेटौंडा उपमहानगरपालिकाको दमकल र स्थानीयको सहयोगमा विहान १० बजे नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उक्त घटनामा क्षतिको विवरण प्राप्त भएको छैन।
त्यस्तै आलदमारस्थित सुवेदीटोल वस्ने पुरुषोत्तम ढुङ्गानाको घर नजिकै रहेको काठ र जस्ताले बनेको गोठमा विहान साँढे १० बजे अचानक आगलागी भएको थियो।
उक्त आगो प्रहरी चौकी पदमपोखरीबाट खटिएको प्रहरी टोलि, स्थानिय र दमकलको सहयोगमा ११ बजे नियन्त्रणमा लिईएको थियो।
आगलागीबाट ढुंगानाको गोठ पुर्ण रुपमा जली एक लाख पैंसठ्ठी हजार रुपैयाँ बरावरको क्षति भएको प्रहरीले जनाएको छ।




