चैत्र२०,निजगढ। बारा प्रहरीले साँढे ३५ लाख भन्दा बढी मूल्य बराबरको राजश्व छलि ल्याएको सामानसहित एउटा ट्रक नियन्त्रणमा लिएको छ।
प्रहरीले मंगलवार राती १० बजे जीतपुरसिमरा उप-महानगरपालिका-१ स्थित पथलैया चोकबाट जुत्ताचप्पल,डाईपर तथा स्टेशनरी लगायतका खुद्रा सामान बोकेको ट्रक नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको ना ७ ख २४२१ नम्बरको ट्रकलाई पथलैयाबाट खटिएको चेकिङ टोलीले शंका लागि चेकजाँच गर्दा बिलबिजक भन्दा बढी राजश्व छलिएको पैंतिस लाख चौसठ्ठी हजार दुई रुपैयाँ बराबरको खुद्रा समानसहित ट्रक नियन्त्रणमा लिएको हो।




