चैत्र२२,निजगढ। बाराको निजगढ नगरपालिकाले सडकमा अन्नबाली सुकाउने तथा निर्माण सामग्री राख्ने कार्य तत्काल रोक्न र हटाउन नगरवासीलाई अनुरोध गरेको छ।

सडक किनारामा अन्नबाली सुकाउँदा सडक दूर्घटना भै धनजनको क्षती हुनसक्ने व्यापक गुनासो आएको भन्दै नगरपालिकाले उक्त सूचना जारी गरेको हो।

सूचनामा अन्नवाली आफ्नै घरआँगनमा सुकाउन र सडक किनारामा राखिएको निर्माण सामग्री यथाशीघ्र हटाउन अनुरोध गरिएको छ।

सोही कारणले कुनै घटना भएमा अन्नवाली सुकाउने वा निर्माण सामग्री राख्ने व्यक्ती नै जिम्मेवार हुने भन्दै नगरपालिकाले चेतावनी दिएको छ।

नगरका हरेक भित्री सडकमा मकै,धान लगायतका अन्नवाली सुकाउने र गिटि बालुवा जस्ता निर्माण सामग्रीहरु राख्ने क्रम बढ्दो छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय