चैत्र२२,हेटौंडा। मकवानपुर प्रहरीले लागूऔषधसहित ३ जनालाई पक्राउ गरेको छ।
हेटौंडा-७ घर भई वडा नम्वर ४ स्थित नेपाल चोक डेरा गरि बस्ने ३४ वर्षिय दिनेश गोले,वडा नम्वर १० का २८ वर्षिय निरोज लामा र ३३ वर्षिय महम्मद मियाँ लागूऔषध खैरो हेरोईन र ओनरेक्ससहित पक्राउ परेका हुन्।
विहिवार राती १० बजेर २० मिनेटको समयमा लागूऔषध कारोवार भैरहेको छ भन्ने विशेष सूचनाका आधारमा चेकजाँच गर्दा उनिहरुको कोठाबाट २ ग्राम ५० मिलिग्राम लागूऔषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ र ११ बोतल लागूऔषध ओनरेक्स फेला पारेको प्रहरीले जनाएको छ।
उनिहरुलाई मकवानपुर जिल्ला अदालत हेटौंडाबाट ७ दिनको म्याद अनुमती लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।



