चैत्र२५,हेटौंडा। आईतवार दिउँसो मकवानपुरगढीमा अटो दुर्घटनामा परि सख्त घाईते भएका चालकको मृत्यु भएको छ।

अटो चालक हेटौंडा-८ बस्ने ५४ वर्षिय सुर्जकुमार मगरको आज दिउँसो १२ बजेर २० मिनेट जाँदा काठमाडौस्थित अन्नपूर्ण अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

आईतवार हेटौंडाबाट मकवानपुरगढी तर्फ जाँदै गरेको अटो एक्कासि अनियन्त्रित भई नालिमा खस्दा चालक गम्भीर घाईते भएका थिए।

उनलाई शुरुमा हेटौंडा अस्पताल पठाईएकोमा त्यँहा सामान्य उपचार पछि चितवनस्थित नयाँ मेडिकल कलेज रिफर गरिएको थियो।

त्यहाँबाट पनि उनलाई हिजै साँझ अन्नपूर्ण अस्पताल काठमाडौ रिफर गरिएको थियो।

अटोमा सवार चालक मगरकी छोरीका अनुसार गुडिरहेको अटोमा एक्कासि पड्केको आवाज आएपछी अटो अनियन्त्रित भई नालिमा खसेको थियो।

घटनास्थलमा प्रहरी टोली पुगि हेर्दा अटोको चालक बस्ने माथिल्लो भागमा ढुङ्गा लागेको जस्तो देखिएको र अटोको गियरमा समेत क्षति भएको देखिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय