चैत्र२६,निजगढ।बारा प्रहरीले १० किलो ७ सय ग्राम लागूऔषध गाँजासहित एकजनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मकवानपुरको मनहरी गाउँपालिका-६ का ३८ वर्षिय रवि थिङ छन्।
थिङलाई सोमवार विहान पौने ७ बजे जीतपुरसिमरा उपमहानगरपालिका-२१ स्थित अमलेखगञ्जबाट पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता डिएसपी बिजयबाबु पण्डितले जानकारी दिए।
डिएसपी पण्डितका अनुसार हेटौंडाबाट वीरगंजतर्फ आउँदै गरेको ना३६ प २१७७ नम्वरको पल्सर मोटरसाइकललाई प्रहरी कार्यालय अगाडिको चेक प्वाइन्टमा रोक्न खोज्दा थिङ भागेका थिए।
प्रहरीले लखेट्दै गएर नजिकैको गणेश मन्दिर छेउमा फेला पारी खानतलासी लिँदा थिङले बोकेको कालो झोलामा ६ किलो र मोटरसाइकलको तेल ट्याङकी भित्र ४किलो ७सय ग्राम लागूऔषध गाँजा लुकाईछिपाई ल्याईएको भेटिएको प्रहरीले जनाएको छ।



