चैत्र२६,निजगढ।बारा प्रहरीले ३२ किलो लागूऔषध गाँजासहित १ जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा हेटौंडा-१४ का ४२ वर्षिय सोमबहादुर मोक्तान छन्।
मोक्तानलाई प्रहरीले आईतवार पथलैया चोकबाट उक्त परिमाणको गाँजासहित नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार मोक्तान ना१ ह ८९६१ नम्वरको अटोमा गाँजा बोकेर हेटौंडाबाट बाराको परवानिपुरतर्फ आईरहेका थिए।
उनलाई प्रहरी चौकी पथलैयाका प्रहरी नायब निरीक्षक रोशन अधिकारीको कमाण्डमा खटिएको प्रहरी टोलीले चेकजाँचका क्रममा लागूऔषध गाँजासहित फेला पारेको बारा प्रहरी प्रवक्ता डिएसपी बिजयबाबु पण्डितले जानकारी दिए।
मोक्तानउपर आवश्यक कानूनी प्रकृया अगाडी बढाईएको डिएसपी पण्डितले बताए।



